पाकिस्तानका प्रधानमन्त्रीले आज संसद भंगको सिफारिस गर्ने, गृहमन्त्रीले भने, 'चुनाव मार्चसम्म सारिनेछ'

पाकिस्तानका प्रधानमन्त्रीले आज संसद भंगको सिफारिस गर्ने, गृहमन्त्रीले भने, 'चुनाव मार्चसम्म सारिनेछ'

पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफको कार्यकाल अगस्ट १२ मा सकिँदैछ। 

शरीफले मंगलबार राष्ट्रपति आरिफ अल्वीलाई पाकिस्तानको नेसनल एसेम्बली समयपूर्व विघटन गर्न पत्र बुधबार लेख्ने बताएका छन्,  ताकि देशमा जतिसक्दो चाँडो निर्वाचन होस्।

इस्लामावादमा आयोजित एक कार्यक्रममा शहबाज सरिफले अन्तरिम सरकारले सम्हाल्ने बताएका हुन्।  

प्रधानमन्त्री शाहबाजको सिफारिस स्वीकार भए ४८ घण्टाभित्र सरकार विघटन हुने र सरकारले निर्धारित समयभन्दा तीन दिन अगाडि सभा विघटन गरी ९० दिनभित्र निर्वाचन गर्ने घोषणा गरेको छ।

उनले स्पष्टसँग पद छाड्ने संकेत गरेका छन्। उनले रावलपिण्डीस्थित पाकिस्तानी सेनाको जनरल हेडक्वार्टरमा बिदाइ भ्रमण पनि गरेका थिए। 

प्रधानमन्त्री सरिफले मंगलबार जनरल हेडक्वार्टर (जीएचक्यू) मा आफ्नो बिदाइ भ्रमण गरेका हुन्। र, सरकार प्रमुखको रूपमा आफ्नो कार्यकाल महत्त्वपूर्ण क्षण भएको उनले त्यस क्रममा बताएका थिए।

प्रधानसेनापति जनरल असिम मुनीरले प्रधानमन्त्रीलाई स्वागत गरेका थिए। प्रधानमन्त्रीले देशका शहीद वीरहरूलाई श्रद्धाञ्जलि पनि अर्पण गरेका थिए।

यसैबीच विपक्षी दलका नेता राजा रियाजले कार्यवाहक प्रधानमन्त्रीको नामबारे प्रधानमन्त्रीसँग अहिलेसम्म भेट वा परामर्श नगरेको बताएका छन्। उनले बुधबार बैठक बस्ने र कार्यवाहक प्रधानमन्त्री को हुने भन्ने विषयमा छलफल हुने जानकारी दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।  

रियाजले आफ्ना सहयोगीहरूसँग परामर्श प्रक्रिया पूरा गरिसकेको बताउँदै अन्तरिम प्रधानमन्त्रीका लागि तीन जनाको नाम करिब ९० प्रतिशत टुंगोमा पुगेको बताए।

यता पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले भने आगामी आम निर्वाचनमा ढिलाइ हुने सम्भावना रहेको बताएका छन्। २०२३ चुनाव हुने वर्ष हो भन्ने प्रश्नमा उनले भने, 'होइन।'

साउन २४, २०८० बुधबार ०९:५८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।