लौरोले हिर्काएर आमाको हत्या गर्ने छोरा पक्राउ

लौरोले हिर्काएर आमाको हत्या गर्ने छोरा पक्राउ

सल्यान : शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरमा छोराले पिटेर आमाको हत्या गरेका छन्।

अन्दाजी २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीय आमा शारदा भण्डारीलाई लौरोले हानेर हत्या गरेका प्रहरीले जनाएको छ ​​​​​

मंगलबार बिहान ४ बजेतिर सुत्ने कोठामा गई उनले लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए।

साउन २४, २०८० बुधबार ०९:१६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।