प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ समितिद्वारा उजुरी आह्वान

प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ समितिद्वारा उजुरी आह्वान

काठमाडौँ : संसदीय समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नियुक्तिका लागि उजुरी आह्वान गरेको छ।

आज सूचना प्रकाशित गर्दै सुनुवाइ समितिले १० दिनभित्र कार्यालयमा उजुरी पेस गर्न अनुरोध गरेको छ।

समितिको सूचनामा उजुरी दिँदा मर्यादित भाषामा सबुत प्रमाणसहित बुझाउनु पर्नेछ।

उजुरी पेटिकामा आफ्नो नाम र नम्बरसमेत खुलाउन अनुरोध गरिएको छ। 

७७ वटै जिल्ला प्रशासन कार्यालय र अन्य सरकारी कार्यालयमार्फत उजुरी पठाउन सकिने समितिको प्रकाशित सूचनामा उल्लेख छ। 

नेपालको संविधानको धारा २९२ को (१) अनुसार संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने सबै पदाधिकारीको संसदीय सुनुवाइ हुने व्यवस्था छ। यसरी सुनुवाइ गर्न संघीय संसदको दुवै सदनको सदस्य भएको एक संसदीय सुनुवाइ विशेष समिति गठन हुने व्यवस्था छ। 

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो। संवैधानिक परिषद्का एवं राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले परिषद्को बैठकले श्रेष्ठको नाम सिफारिश गरेको बताएका थिए। 

 

साउन २४, २०८० बुधबार ०८:१७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।