टोनटहामलाई हराउँदै बार्सिलोनाले जित्यो जोन ग्याम्पर ट्रफी

टोनटहामलाई हराउँदै बार्सिलोनाले जित्यो जोन ग्याम्पर ट्रफी

२-१ ले पछि परिसकेको अवस्था उल्ट्याउँदै बार्सिलोनाले यो वर्षको जोन ग्याम्पर ट्रफी जितेको छ। 

गएराति भएको खेलमा बार्सिलोनाले इंग्लिस क्लब टोटनहामलाई ४-२ गोलअन्तरले हरायो। रोवर्ट लेवण्डोस्कीले खेलको तेस्रो मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। 

तर टोटनहामका ओलिभर स्किपले २४ र ३६ औं मिनेटमा लगातार दुई गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २-१ गोलअन्तरले पछि परेको थियो। 

तर फरान टोरेसले ८१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। यस्तोमा अन्सु फाटीले ९० औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले नतिजा उल्टयाएको थियो। एबिडी इजालजौलीले अतिरिक्त समयमा थप एक गोल गरेपछि बार्सिलोनाले उपाधि आफ्नो बनायो। 

योसहित बार्सलोनाले ४६ औं पटक (सर्वाधिक) जोन ग्याम्पर ट्रफी उचालिसकेको छ। 

साउन २४, २०८० बुधबार ०७:३९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।