नोट बनाउने कागज र नक्कली नोटसहित गाेलढुङ्गाबाट तीन जना पक्राउ

नोट बनाउने कागज र नक्कली नोटसहित गाेलढुङ्गाबाट तीन जना पक्राउ

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका-५ गोलढुङ्गा नगिनी खोलाबाट मंगलबार साँझ सशस्त्र प्रहरी बलले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ।

हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ जिल्ला दिप्रुङ गाउँपालिका-५का लक्ष्मी पाण्डे, लमजुङ दोर्दी गाउँपालिका-०२ का सुवास गुरुङ र रामेछाप गोकुल गंगा गाउँपालिका-१ का मदन दमाई गरि तीन जनालाई नक्कली नोटसहित पक्राउ परेका हुन्।

उनीहरूको कोठाबाट नेपाली रूपैयाँ एक हजारको १ सय ८२ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज २ सय थान बरामद भएको छ।

यसैगरि मोबाइल चार थान, सिमकार्ड १० थान र २२० सीसीको बा ६५ प ९०२७ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद भएको छ।

नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकोले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ ल्याइ राखेको हुनसक्ने आशंका गरिएको छ। उनीहरूलाई बरामद सामानसहित आवश्यक कारबाहीको लागि स्थानीय प्रहरिलाइ बुझाइएको छ।

साउन २३, २०८० मंगलबार २१:०२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।