२५ वर्षपछि सहकार्य गर्दै सलमान खान र करण जोहर
एजेन्सी : बलिउड अभिनेता सलमान खान र निर्माता तथा निर्देशक करण जोहर २५ वर्षपछि सहकार्य गर्ने भएका छन्।
पछिल्लो छ महिनादेखि छलफलमा रहेका उनीहरूले अब भने सहकार्य गर्ने पक्का भएको हो। दिपावलीमा रिलिज हुने ‘टाइगर ३’ पछि उनी यो फिल्ममा देखिने छन्।
विष्णु वर्धनले निर्देशन गर्ने फिल्मको सुटिङ नोभेम्बर २०२३ मा सुरू हुनेछ। ७ देखि ८ महिनासम्म विभिन्न शेड्युलमा फिल्म पूरा हुने बताइएको छ। फिल्मको प्रि–प्रोडक्सन कार्य अगस्टदेखि नै सुरू हुने पिंकभिल्लाले जनाएको छ।
सलमान खानको यो फिल्म सन् २०२४ को क्रिसमसमा सिनेमाघरमा रिलिज हुने समाचारमा उल्लेख छ। फिल्मको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
सलमान खानले सन् १९९८ मा करण जोहरको फिल्म ‘कुछ कुछ होता है’ मा काम गरेका थिए। शाहरुख खान, काजोल र रानी मुखर्जी मुख्य भूमिकामा रहेको फिल्ममा सलमान खानले केमियो रोल गरेका थिए।
साउन २३, २०८० मंगलबार १९:२१:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।