एमालेले चित्त बुझाएन गृहमन्त्रीको जवाफ, फेरि सदन अवरुद्ध

एमालेले चित्त बुझाएन गृहमन्त्रीको जवाफ, फेरि सदन अवरुद्ध

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफप्रति चित्त नबुझेको भन्दै एमालेले सदन फेरि अवरोध गरेको छ।

गृहमन्त्रीको जवाफपछि प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौँलाले उठेको बिषयभन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताए।

उनले उच्चस्तरीय छानविन समिति गठन नभएसम्म आफूहरुको आन्दोलन जारी रहने बताए। त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद् रामहरि खतिवडालाई बोल्नका लागि समय दिए पनि एमाले सांसदहरुले नाराबाजी गरेपछि अवरुद्ध भयो।

त्यसपछि सभामुख घिमिरले बुधबार दिउँसो १ बजेसम्मका लागि सदन स्थगित गरे।

साउन २३, २०८० मंगलबार १८:४०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।