शनिबार १५ मंसिर, २०८१
५ रुपैयाँका १५ करोड थान सिक्का बनाउन मन्त्रिपरिषद्को स्वीकृत
काठमाडौं : सरकारले ५ रूपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ।
मंगलबार बसेको मन्त्रिपरषद्को बैठकले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
यस्तै, सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० र बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश गर्न स्वकृति दिने निर्णयसमेत गरेको उनले बताइन्।
साउन २३, २०८० मंगलबार १८:०३:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।