नेपालमा पहिलो पटक ईयरफोन एक्सचेन्ज मेला

नेपालमा पहिलो पटक ईयरफोन एक्सचेन्ज मेला

काठमाडौं : नेपालमा पहिलो पटक ईयरफोन एक्सचेन्ज मेला आयोजना हुने भएको छ। साउन २६ र २७ गते हुने यस मेलमा पुरानो ईयरफोनसँग नयाँ अल्टिमा एटम ८२० ईयरफोन साट्न सकिने भएको हो।

वेरेवल एसीसोरीजको उदयमान नेपाली ब्रान्ड, अल्टिमा लाइफस्टाइलले आफ्नो ग्राउन्ड ब्रेकिंग पहलको रुपमा यस अल्टिमा एक्सचेन्ज मेला आयोजनाको घोषणा गरेको छ।

मेला साउन २६ र २७ गते सुन्धारामा अवस्थित सिभिल मल पहिलो तल्लामा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म र हुकुट स्टोर, न्यूरोडमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ।

अल्टिमाले ग्राहकहरूलाई आफ्ना पुराना वायर भएका इयरफोनहरू र अडियो उपकरणहरू अत्याधुनिक प्रविधियुक्त इयरफोन अल्टिमा एटम ८२० सँग साट्नको लागि मेलाको आयोजना गरेको हो।

साउन २३, २०८० मंगलबार १७:५०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।