बागमती नदीले बगाउँदा सर्लाहीमा रौतहटका किसानको मृत्यु
सर्लाही : सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीले बनाएका एक जनाको मृत्यु भएको छ।
रौतहट गढीमाई नगरपालिका समनपुर २ का ५५ वर्षीय सहिद राय भाटलाई आज दिउँसो बाढीले बगाएको थियो। राय समनपुरबाट सर्लाहीतर्फको खेतमा खेती गर्न आएका थिए।
उनलाई सिकिस्त अवस्थामा उद्धार गरी उपचारका लागि रौतहटको चन्द्रनिगाहपुरतर्फ लगिएको थियो। राय खोला तर्न बरहथवा नगरपालिका ४ स्थित समनपुर घाटमा पुलवारि बागमती नदीमा पसेका थिए।
समनपुरघाटमा पुल वारि सर्लाही र पारि रौतहट दुवै क्षेत्र अहिले डुबानमा परेको छ।
रायको मृत्युप्रति आजको संसदमा सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित अमरेश सिंहले श्रद्धाञ्जलि पनि व्यक्त गरे।
साउन २३, २०८० मंगलबार १७:३९:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।