नेपाल अक्सिजन ग्यास उत्पादक संघको अध्यक्षमा गौरव शारदा निर्विरोध चयन
काठमाडौं : नेपाल अक्सिजन ग्यास उत्पादक संघको १३ औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। सभाले निवर्तमान अध्यक्ष गौरव शारदालाई पुनः आगामी २ वर्षका लागि अध्यक्षमा निर्विरोध चयन गरेको छ।
त्यसैगरी उपाध्यक्षमा वीरेन्द्र कुमार संघाई, महासचिवमा नारायण दत्त तिमल्सिना, कोषाध्यक्षमा प्रल्हाद तिमल्सिना चयन भएका छन्।
सभाले कोभिडको समयमा अक्सिजन उद्योग स्वामित्वमा रहेको अक्सिजन सिलिन्डर ठूलो परिमाणमा विभिन्न सरकारी निकायले उठाइ लगेको र हालसम्म फिर्ता नगरेकोले उद्योगहरूले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेकोमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
यसैगरी संघले अक्सिजन सिलिन्डरको गुणस्तर मापदण्ड सम्बन्धी आवश्यक कानुन बनाउन नेपाल गुणस्तर तथा नापतौल विभाग तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दबाब दिने निर्णय समेत गरेको छ।
संघले आगामी दिनमा लिक्विड अक्सिजनको आयातमा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको छ।
साउन २३, २०८० मंगलबार १७:००:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।