सुन प्रकरणमा गृहमन्त्रीको बयान सीआईबीले लिन्छ कि राजस्व अनुसन्धानले? - योगेश भट्टराई

सुन प्रकरणमा गृहमन्त्रीको बयान सीआईबीले लिन्छ कि राजस्व अनुसन्धानले? - योगेश भट्टराई

काठमाडौं : एमालेका सचिव योगेश भट्टराईले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुको विकल्प नरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि छानबिन गर्नुपर्ने भएकाले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए।

‘गृहमन्त्रीसँग कसले बयान लिन्छ, सीआईबीले लिन्छ कि राजस्व अनुसन्धान विभागले लिन्छ?’ उनले भने।

‘यत्रा निकायहरु विमानस्थलमा हुँदा कहाँ सुतेका थिए?’ भट्टराईले भने, ‘अध्यागमन कहाँ छ? एयरपोर्ट म्यानेजमेन्ट कहाँ थियो? यिनीहरु माथि कसले प्रश्न उठाउँछ? सीआईबीले उठाउँछ? राजस्व अनुसन्धानले उठाउँछ? यी सबै विषयको छानबिन नगरीकन यो फ्याक्ट पत्ता लाग्न सक्दैन।’ 

साउन २३, २०८० मंगलबार १६:५२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।