रोल्पा बस दुर्घटना : मृत्तकको संख्या ४ पुग्यो, अन्य चार जनाको अवस्था गम्भीर

रोल्पा बस दुर्घटना : मृत्तकको संख्या ४ पुग्यो, अन्य चार जनाको अवस्था गम्भीर

रोल्पा : जिल्लाको बाघमाराबाट दाङ घोराहीका लागि छुटेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १४ जना घाइते भएका छन्। घाइते मध्ये ४ जनाको अबस्था गम्भीर रहेको बताइएको छ। 

घाइतेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको सहकार्यमा उद्धार भइरहेको छ।

ना ५ ख २६१२ नम्बरको बस शहीद मार्ग अन्तर्गत त्रिवेणी गाउँपालिकाको तिलानजिक रिचि भन्ने स्थानमा सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।

घटना कसरी भयो भन्ने यकिन जानकारी नआएको नुवागाउँ प्रहरी चौकी प्रहरी जवान प्रेम खड्काले जानकारी दिए।

साउन २३, २०८० मंगलबार १६:२७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।