सामसङको ग्यालेक्सी जेड फ्लिप ५ र फोल्ड ५ को प्रि–अर्डर सुरु, यस्ता छन् अफर
काठमाडौं : सामसङ, नेपालले पाँचौं जेनेरेसनको ग्यालेक्सी फोल्डेबल फोनहरू ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि–अर्डर सुरु गरेको छ।
आइतबारबाट फोनको प्रि–अर्डर सुरु गरिएको सामसुङ नेपालले जनाएको छ।
फोनमा प्रयोगकर्ताहरुले स्लीक र कम्प्याक्ट डिजाइन, अनगिन्ती अप्सन्स् र शक्तिशाली पर्फरमेन्स पाउने कम्पनीको दाबी छ।
मोबाइलको क्यामेर उच्च गुणस्तरीय भएको दाबी गर्दै कम्पनीले ब्याट्रीसमेत दमदार रहेको बताएको छ।
तीन रङहरुमा उपलब्ध ग्यालेक्सी जेड फ्लिप ५को बजार मुल्य ८/२५६ जीबीको मूल्य १ लाख ३९ हजार ९९९ तोकिएको छ। ग्राहकहरूले प्रि–अर्डरका २ वटा गिफ्टहरू २४ इन्चको सामसङ मोनिटर वा सामसङ ए७ लाइट एलटिइ(३ं३२ जिबि)मध्ये कुनै एक रोज्न सक्नेछन्।
मोनिटरको लागि थप पाँच हजार रुपैयाँ र एलटिइको लागि थप दुई हजार रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ।
यस्तै, विशाल स्क्रीन र धेरै समय चल्ने ब्याट्रीसहितकधो ग्यालेक्सी जेड फोल्ड ५ (१२/२५६ जिबि)को मूल्य २ लाख २६ हजार ९९९ रुपैयाँ तोकिएको छ भने (१२/५१२ जिबि)को मूल्य २ लाख ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ।
यी फोनहरू प्रि–अर्डरमा ग्राहकहरूले फोन कभरसँगै प्रि मेमोरी अपग्रेड गर्न पाउनेछन् वा तीन हजार रुपैयाँ थपेर २४ इन्चको सामसङ मोनिटर वा ४० हजार रुपैयाँ थपेर ४७ एमएमको ग्यालेकसी वाच ६ क्लासिक प्राप्त गर्न सक्नेछन्।
समग्रमा ग्राहकहरूले प्रि–अर्डर मार्फत् बढीमा २५ हजार रुपैयाँको लाभ लिनसक्ने कम्पनीको दाबी छ। ग्राहकहरूले फोनको लागि फाइनान्स सुविधासमेत पाउनेछन्।
साउन २३, २०८० मंगलबार १५:०६:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।