गृहमन्त्रीले सुन प्रकरणमा संसद्मा स्पष्टीकरण दिने, यसपछि एमालेले अवरोधका बारेमा निर्णय गर्ने

गृहमन्त्रीले सुन प्रकरणमा संसद्मा स्पष्टीकरण दिने, यसपछि एमालेले अवरोधका बारेमा निर्णय गर्ने

काठमाडौं : संसद्को अवरोध हटाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा संसद्मा स्पष्टीकरण दिने भएका छन्। 

संसद्को अवरोध हटाउन मंगलबार शीर्ष नेताहरुबीचको छलफलमा गृहमन्त्रीले सुन तस्करी प्रकरणमा संसद्मा दिने स्पष्टीकरण सुन्न एमाले सहमत भएको हो।

गृहमन्त्रीको जवाफ सुनेपछि सदनको अवरोधका विषयमा एमालेले थप निर्णय गर्ने बताइएको छ।

यस प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले दुवै सदन अवरुद्ध गर्दै आएको छ। संसद् बैठक अहिले दिउँसो तीन बजेको लागि बोलाइएको छ।

साउन २३, २०८० मंगलबार १४:४३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।