रोल्पामा बस खस्यो, दुई जनाको शव भेटियो

रोल्पामा बस खस्यो, दुई जनाको शव भेटियो
तस्बिर- बुद्धिमान ओली

रोल्पा : जिल्लाको बागमाराबाट दाङ घोराहीका लागि छुटेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। कयौं घाइते भएका छन्।

ना ५ ख २६१२ नम्बरको बस सहिद मार्ग अन्तर्गत त्रिवेणी गाउँपालिकाको तिलानजिक ऋचिमा सडकबाट करिव १०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा अहिलेसम्म २ जनाको शव भेटिएको छ भने प्रहरीले उद्धारको काम गरिरहेको छ। मृतकको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ।

घटनाको थप विवरण आउन बाँकी छ।

साउन २३, २०८० मंगलबार १४:३१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।