गौर हत्याकाण्डको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकार सहमत, आन्दोलन स्थगित

गौर हत्याकाण्डको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकार सहमत, आन्दोलन स्थगित

काठमाडौं : गौर हत्याकाण्ड पीडित संघर्ष समितिले सरकारसँग पाँच बुँदे सहमति गरेको छ। गृह मन्त्रालयमा मंगलबार भएको वार्तापछि सहमति भएको हो।

सरकारले हत्याकाण्डको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाउने भएपछि संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित समेत गरेको छ।

सहमतिमा घटनाको छानबिन गरेर दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, घाइतेहरुको उपचार र आर्थिक सहायताका लागि अनुरोध गर्ने, घटनामा मृत्यु भएकाहरुको शहीद स्मारक स्तम्भ बनाउने लगायत बुँदा समावेश छन्। 

२०६३ चैत्रमा रौतहटको गौर हत्याकाण्ड भएको घटनामा २८ जनाको मृत्यु भएको थियो।

साउन २३, २०८० मंगलबार १४:२६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।