देउता चढेको भन्दै लठ्ठीले हानेर आमाको हत्या

देउता चढेको भन्दै लठ्ठीले हानेर आमाको हत्या

सल्यान : आफ्नै आमा ४८ वर्षीया शारदा भण्डारीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौर बस्ने २३ वर्षीय नवीन भण्डारी रहेका छन्। उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

नवीनले एक्कासी आफूलाई देउता चढेको भन्दै कोठामा गई पैँयाको लठ्ठीले टाउकोमा प्रहार गर्दा शारदाको घटनास्थलमै मृत्यु भएको अस्थायी प्रहरी पोष्ट स्यानीखालले जनाएको छ।

घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

साउन २३, २०८० मंगलबार १४:११:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।