सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध, ठूला सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध, ठूला सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

तनहुँ : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली-डुम्रे सडकखण्ड अवरुद्ध भएको छ। व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक मङ्गलबार दिउँसो सडक भासिँदा अवरुद्ध भएको हो।

सडक अवरुद्ध बनेपछि राजमार्ग भएर गुड्ने सवारीसाधन रोकिन पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

हाल मोटरसाइकल र एम्बुलेन्सका लागि मात्रै आवतजावतको व्यवस्था मिलाइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए। 

घटनास्थलमा पुगेका प्रहरीले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको जानकारी गराएको उनले बताए। ठूला सवारीसाधन आवतजावतमा समस्या हुने देखिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न तनहुँ प्रहरीले आग्रह गरेको छ।

साउन २३, २०८० मंगलबार १३:४९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।