सदनको अवरोध हटाउन आज पनि शीर्ष नेता छलफलमा, सहमतिको छैन छाँटकाँट

सदनको अवरोध हटाउन आज पनि शीर्ष नेता छलफलमा, सहमतिको छैन छाँटकाँट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा देखिएको गतिरोध हटाउन आज (मंगलबार) पनि सभामुख र शीर्ष नेतासँग छलफल थालेका छन्।

प्रचण्डकै आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताको छलफल जारी छ। बैठकमा प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतक उपस्थित छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन भित्रिएको सम्बन्धमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्दै आएको छ।

एमालेको अवरोधका कारण सदनको नियमित कामकारबाही हुन पाएको छैन। सदनको अवरोध नहट्दा महत्वपूर्ण विधेयक पेस हुन सकेका छैनन्।

साउन २३, २०८० मंगलबार १३:४२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।