बाढी पहिरोका कारण कुन-कुन राजमार्ग छन् अवरुद्ध?

बाढी पहिरोका कारण कुन-कुन राजमार्ग छन् अवरुद्ध?
तस्बिर :प्रहरी

काठमाडौं : गए रातिदेखिको लगातारको वर्षाका कारण देशभर बाढी पहिरोका समस्या बढेको छ।  बाढी पहिरोका कारण देशभरका केही राजमार्ग तथा सडक अवरुद्ध बनेका छन्। 

पछिल्लो अपडेट अनुसार बिहानदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ।  त्यसैगरी  सिद्धार्थ राजमार्ग पनि हाल एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको छ।

काठमाडौं जोडिने मकवानपुरको कान्ति लोकपथ अवरुद्ध छ भने नुवाकोटको पासाङ ल्हामु राजमार्ग पनि रोकिएको छ।

म्याग्दीको बेनी–जोमसोम सडक खण्डमा पनि अवरोधका कारण सडक सञ्चालन हुन सकेको छैन। प्रहरीका अनुसार वीपी राजमार्गमा समेत सडक अवरुद्ध भएको छ। 

प्रहरी परिचालन कक्षबाट प्राप्त जानकारी माथि तस्विरमा उल्लेख गरिएका स्थानहरूमा हाल सडक अवरुद्ध रहेको छ। साथै यी स्थानमा प्रहरी परिचालन भई यातायात सुचारू गराउने प्रयास भइरहेको छ।

साउन २३, २०८० मंगलबार १३:१५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।