भारी वर्षाका कारण च्यासलमा रहेको एमाले मुख्यालयमा बाढी पस्यो

काठमाडौँ : ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा बाढी पसेको छ।
काठमाडौँ उपत्यकालगायत देशभरका आज राति र बिहान भारी वर्षा भएको थियो। वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन्।
मंगलबार बिहान मनोहरा नदीको जलसतह बढेपछि पार्टी मुख्यालय डुबेको हो।
एमाले उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै यसपटक पनि एमाले केन्द्रीय कार्यालयमा वर्षाले क्षति पुर्याएको लेखेका छन्। एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानको घर भाडा लिएर पार्टी मुख्यालय बनाएको हो।
एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानको घर भाडामा लिएर पार्टी कार्यालय सञ्चालन गरिरहेको छ।
भारी वर्षाका कारण काठमाडौं उपत्यकाका गौरीघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायत क्षेत्र डुबानमा परेका छन्।
साउन २३, २०८० मंगलबार ११:३२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।