नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा खुल्यो, पहिरो पन्छाउने क्रम जारी

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा खुल्यो, पहिरो पन्छाउने क्रम जारी

भरतपुर : नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ। दुई ठाउँको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो।

मंगलबार बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो। सो पहिरो आएको केही समयपछि पाँच सय मिटर नजिकमा रहेको टोपेखोलामा पनि पहिरो गएको थियो।

दुवै ठाउँको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए। 

दुईतर्फी सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयको स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको पनि उनले बताए।

साउन २३, २०८० मंगलबार ११:२४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।