बागमती गाउँपालिकामा पहिरोमा परी ६ जना बेपत्ता, १ जनाको मृत्यु

बागमती गाउँपालिकामा पहिरोमा परी ६ जना बेपत्ता, १ जनाको मृत्यु

मकवानपुरको बागमती गाउँपालिकाको सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राति पहिरोले सात जना पुरिएका थिए। जसमध्ये र एक जनालाई उद्धार गरी अस्पताल लगिए पनि उनको बाटोमै मृत्यु भएको छ। बेपत्ता ६ जनाको खोजीकार्य जारी छ। 

उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ। 

उक्त स्थान काभ्रेपलाञ्चोकको खानिखोला र मकवानपुरको बागमती गाउँपालिका सिमानामा पर्छ। 

पुरिनेहरूमा अक्कलबहादुर स्याङतान,  उनकी श्रीमती शान्तिमाया स्याङतान, छोरी ज्वाई शिला स्याङतान र जीवन पहरी रहेका छन्। साथै उनीहरूका दुई सन्तान साढे दुई र साढे एक वर्षीय छोरा पनि पुरिएका छन्।

साउन २३, २०८० मंगलबार ०९:२०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।