पहिरोले घोराही-लमही सडकखण्ड अवरुद्ध, लामो दूरीका सवारीसाधन रोकिए

पहिरोले घोराही-लमही सडकखण्ड अवरुद्ध, लामो दूरीका सवारीसाधन रोकिए

दाङ : घोराही-लमही सडकखण्ड अवरुद्ध भएको छ।

घोराही-लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका-६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

वर्षाका कारण गएराति खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए। उनका अनुसार सोमबार पहिरो खसेको ठाउँमा पुनः आज पनि पहिरो खस्दा सडक अवरुद्ध हुन पुगेको हो।

सडक सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको छ। सडक अवरुद्ध हुँदा घोराही-लमही सडकखण्ड भएर चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन्। 

साउन २३, २०८० मंगलबार ०८:३३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।