लेदोसहितको पहिरो गएपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

लेदोसहितको पहिरो गएपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
फाइल तस्वीर

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका-६  स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ।

पहिरो पन्छाउन तयारी भइरहेको उनले जानकारी दिए। पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन्।

यस सडक खण्डमा पटक-पटक पहिरो खस्दै आएको छ।

साउन २३, २०८० मंगलबार ०७:५२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।