रेखा थापाको फिल्म ‘उपहार’ बौद्धिक चोरीको विवादमा फस्यो, कथा आफ्नो भएको सुलक्षणको दाबी

रेखा थापाको फिल्म ‘उपहार’ बौद्धिक चोरीको विवादमा फस्यो, कथा आफ्नो भएको सुलक्षणको दाबी

काठमाडौँ : रेखा थापाले बनाउन लागेको नयाँ फिल्म ‘उपहार’ बौद्धिक चोरीको विवादमा परेको छ। कथाकार सुलक्षण भारतीले आफ्नो वान लाइन स्टोरीमा फिल्म बनाउने तयारी सकिए पनि आफ्नो अनुमति नलिएको र पारिश्रमिक समेत नपाएको दाबी गर्दै फेसबुकमा लेखेपछि फिल्म विवादमा तानिएको हो।

सुलक्षणले आफ्नो फेसबुक अकाउन्टमा फिल्म उपहारको तस्बिर राखेर ‘मेरो वान लाइन वा कथामाथि मेरो अनुमति र पारिश्रमिक बिना नै काम गर्न खोज्नु कतिसम्म न्यायोचित होला?' भनेर लेखेकोमा त्यसका निर्देशक समेत जोडिएका थिए।

फिल्म उपहार’का निर्देशक ज्ञानेन्द्र देउजा र सुलक्षणबिच फेसबुकमा चलेको दोहोरीले फिल्म निर्माण टिम र उनीबिच विवाद रहेको र कथामा सुलक्षण संलग्न रहेको देखिन्छ।

देउजाले 'पैसो लिएर कन्सेप्ट पनि डेभलप नगरी हिँड्ने तिमी हैन र भाइ–तिम्रो कारणले वैशाखमा बन्ने फिल्म आजसम्म बन्न नसकेको हैन र भाइ–आजसम्म तिमी सम्पर्क प्रोड्युसरसँग सम्पर्कमा नआउने पनि तिमी हैन र–तिमीले पैसो लगेर चैत्रमा स्क्रिप्ट बुझाउँछु भनेर आजसम्म किन प्रोड्युसरसँग सम्पर्क गरेनौ’ भन्दै लेखेका थिए।

सुलक्षणले निर्देशक देउवालाई जवाफ दिँदै न आफू सम्पर्कबाट बाहिर रहेको न निर्माण टिम नै भन्दै 'मैले पुरै कथा लेखेर र त्यसमाथि पुन गरेको काम र लेखेको पूर्ण कथा तपाईंहरुलाई पठाएको इमेल मसँग पनि छ र तपाईंहरुसँग पनि छ' भनेर लेखे।

बहस अगाडि बढ्दै गयो फेसबुकमै। सुलक्षणले अग्रिम भुक्तानीको रूपमा ७५ हजार लिएको र पैसा फिर्ता चाहने हो भने फिर्ता गर्न चाहेको भन्दै लेखे' । यहाँ कुरा पैसाको होइन मेरो कन्सेप्ट को हो। मेरो कथा र कन्सेप्टमाथि म खेलबाड गरेको कसरी सहन सक्छु होला र। कि त मेरो कथा र कन्सेप्टमा काम नगर्नुस्। गर्नुहुन्छ भने मेरो अधिकार मलाइ दिएर मात्र गर्नुस्।'

उनले कथामा वान लाइन महत्त्वपूर्ण हुने र स्क्रिप्ट वान लाइनको आधारमा बनाउने भन्दै आफ्नो वान लाइन नै कन्सेप्ट रहेको र त्यसलाई त्यति सजिलै अर्काले फिल्म बनाउन नमिल्ने तर्क गरे।

'आई नीड जस्टिस नट आर्गुमेन्ट। आउनुस् ज्ञानेन्द्रजी बौद्धिक सम्पत्तिको संरक्षणको बारेमा बहस गरौँ’ उनले यति लेखेपछि

देउजाले सम्बन्धित ठाउँमा सम्पर्क गर्न लेखे। त्यसपछि देउजाले थप जवाफ दिएका छैनन्।

फिल्म उपहारको टिमले फिल्म घोषणा गर्दा लेखक अभिमन्यु निरवी रहेको दाबी गरेका थिए।

सामाजिक स सञ्जालमा उनले गरेको दाबी अनुसार कथा उनको हो भने उनले प्रतिलिपि अधिकार अनुसार कानुनी प्रक्रिया अगाडि बढाउन सक्छन्। तर उनले अदालतबाट न्याय नखोजेको अनौठो तर्क गरेका छन्।

बौद्धिक सम्पत्ति र पारिश्रमिकको दाबी गरेका सुलक्षणले फेसबुकमा अदालतबाट नभई बहसबाट न्याय चाहिएको अनौठो तर्क गरेर उनी र फिल्म निर्माण टिमबिचको खास विवाद के हो भन्ने अन्योल बढाएका छन्।

साउन २२, २०८० सोमबार २०:५५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।