शीर्ष नेताहरूको दुई चरणको छलफल काम लागेन, संसद्‍ बैठक भोलिसम्मका लागि स्थगित

शीर्ष नेताहरूको दुई चरणको छलफल काम लागेन, संसद्‍ बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं : आज (सोमबार) बस्ने भनिएको संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको छ। संसद सचिवालयले भोलि (मंगलबार) दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेको हो। 

प्रमुख प्रतिपक्षी दल एमालेका कारण अवरोध भएको संसद्को अवरोध खुलाउन सोमबार शीर्ष नेताहरूबीच दुई चरणमा छलफल भए पनि कुनै पार लाग्न सकेन।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत प्रमुख सचेतकहरुको सहभागिता रहेको थियो।

संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेको पहलमा शीर्ष नेताको छलफलमा जुटेका थिए।

क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै एमालेले दुवै सदनमा अवरोध गर्दै आएको छ।

साउन २२, २०८० सोमबार १७:१९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।