नेपाल लाइफ इन्स्योरेन्सको ‘बिजनेस एक्सिलेन्स सम्मेलन’ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको ‘बिजनेस एक्सिलेन्स सम्मेलन’ सम्पन्न

काठमाडौं : जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले तीनदिवसीय ‘बिजनेस एक्सिलेन्स सम्मेलन’ सम्पन्न गरेको छ।

चितवनको सौराहामा श्रावण १५ देखि १७ गतेसम्म चलेको सम्मेलनमा देशैभरबाट सेल्स तथा मार्केटिङमा कार्यरत २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो।

सम्मेलनमा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले कम्पनीले आर्थिक मन्दीको बाबजुद पनि उत्साहजनक व्यवसाय गर्न सफल भएकोमा सम्पूर्ण कर्मचारीलाई हृदयदेखि धन्यवाद दिएका थिए।

सम्मेलनमा कम्पनीले आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरु तथा शाखालाई विभिन्न ३७ विधामा अवार्ड प्रदान गरेको थियो।

साउन २२, २०८० सोमबार १६:१३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।