नेप्सेमा गिरावट जारी

नेप्सेमा गिरावट जारी

काठमाडौं : साताको पहिलो दिन आइतबार उच्च अंकले घटेको नेप्से परिसूचकमा आज (सोमबार) दोस्रो दिन पनि गिरावट आएको छ। सोमबार नेप्से परिसूचक ३.२१ अंकले घटेर २०४८.२६ को बिन्दुमा कायम भयो।
 
यस दिन दुई सय ६७ कम्पनीको ६६ लाख ४७ हजार एक सय ४३ कित्ता सेयरका लागि रू दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार दुई सय ९७ बराबरको कारोबार भएको छ। आज बैंकिङ, जलविद्युत, लगानी र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ।

नेपाल रिपब्लिक मिडिया लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने धेरै घट्नेमा भने छ्याङ्दी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ६.४५ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको रू ४३ करोड ६२ लाख ५९ हजार तीन सय ४८ बराबरको सात लाख एक हजार आठ सय तीन कित्ता सेयर किनबेच भएको छ।

साउन २२, २०८० सोमबार १६:०१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।