वृज एडिटिभ्सका नयाँ उत्पादनहरू बजारमा
काठमाडौं : केडिया व्यावसायिक समूह अन्तर्गतको ब्रान्ड वृज एडिटिभ्सले नयाँ वाटर प्रुफिङ्ग, रिपेयर तथा एडमिक्सर सलुशन्स बजारमा ल्याएको छ।
वृज एडिटिभ्सले यसै सातादेखि औपचारिक रुपमा नयाँ उत्पादनहरु बजारमा ल्याएको घोषणा गरेको हो।
वाटर प्रुफिङ्गका लागी कम्पनीले ल्याएको ‘वेदर प्रो प्लस् २५०’ र ‘ब्रीज सेफक्रेट’ ले घरलाई पानीले पुर्याउने क्षतिबाट बचाउनका साथै पिलर, बीम,स्ल्याब र स्टिललाई खिया आदिबाट जोगाइ निर्माणलाई मजबुत बनाउने बताइएको छ।
वेदर प्रो प्लस्लाई घर निर्माणको समय ढलान मसलामा मिसाई प्रयोग गर्न सकिन्छ भने ब्रीज सेफक्रेटलाई नयाँ र पुराना घरमा फुटेको, चर्केको वा पानी चुहिएको ठाउँमा सिधै प्रयोग गर्न सकिन्छ।
यसका अतिरिक्त एडमिक्सर सलुशन्स अन्तर्गत वृज एडिटिभ्सले स्लिकन फ्लोमिक्स र अल्ट्रासेट बजारमा ल्याएको छ।
वृज एडिटिभ्सले ल्याएको एडमिक्सर र एक्सेलेरेटर सलुशन्सहरू ठूला परियोजनाको लागि उत्तम हुने कम्पनीले दावी गरेको छ।
साउन २२, २०८० सोमबार १५:३२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।