संसदको अवरोध खुलाउन बसेको शीर्ष नेताको बैठकले कुनै पार लगाएन

संसदको अवरोध खुलाउन बसेको शीर्ष नेताको बैठकले कुनै पार लगाएन

काठमाडौं : प्रमुख प्रतिपक्षी एमालेका कारण अवरोध भएको संसद खुलाउन बसेको शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ।

यद्यपि संसदको अवरोध खुलाउने विषयमा छलफल सकारात्मक भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।पहिलो चरणको छलफलबाट कुनै सहमति नभएपछि साढे ३ बजे फेरि बैठक बस्ने बताइएको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत प्रमुख सचेतकहरुको सहभागिता रहेको थियो।

संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेको पहलमा शीर्ष नेताको छलफलमा जुटेका थिए।

क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै एमालेले दुवै सदनमा अवरोध गर्दै आएको छ।

साउन २२, २०८० सोमबार १५:०२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।