उता अवरोध हटाउन शीर्ष नेता छलफलमा, यता एमालेको अवरोधले राष्ट्रिय सभा बैठक स्थगित

उता अवरोध हटाउन शीर्ष नेता छलफलमा, यता एमालेको अवरोधले राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण सोमबार पनि राष्ट्रिय सभा बैठक स्थगित भएको छ। 

उता सदनको अवरोध हटाउन शीर्ष नेताहरुबीच छलफल चलिरहँदा यता एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक बुधबारसम्मका लागि स्थगित गरियो।

सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै एमालेले सोमबार पनि बैठक अवरुद्ध गरेको हो।

बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर अवरोध जनाएपछि राष्ट्रिय सभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ।

साउन २२, २०८० सोमबार १३:५०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।