मुग्लिन–मलेखु सडक विस्तार, चितवन खण्डबाट पनि काम सुरु

मुग्लिन–मलेखु सडक विस्तार, चितवन खण्डबाट पनि काम सुरु

भरतपुर : मुग्लिन–मलेखु सडक विस्तारका लागि चितवन खण्डबाट पनि काम थालिएको छ। आइतबारदेखि चितवन खण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो। 

यसअघि उक्त खण्डको धादिङको मलेखुबाट पनि काम सुरु भइसकेको छ। मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम बर्खाको समयमा पनि निरन्तर भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए।

नागढुङ्गा–मुग्लिन सडक आयोजना अन्तर्गत पश्चिम खण्डको उनान्चालीस किलोमिटर लामो मुग्लिन–मलेखु सडकखण्डको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ। जहाँ चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ।

सडक विस्तार र स्तरोन्नति पछि न्यूनतम नौ मिटर कालोपत्र हुनेछ। बजार क्षेत्रमा भने चारदेखि ६ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिए।

साउन २२, २०८० सोमबार १३:३५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।