एमालेले गरेको सदनको अवरोध हटाउन शीर्ष नेताहरुको बैठक

एमालेले गरेको सदनको अवरोध हटाउन शीर्ष नेताहरुको बैठक

काठमाडौं : प्रमुख प्रतिपक्षी एमालेका कारण अवरोध भएको दुवै सदन खुलाउन अहिले शीर्ष नेताहरू बैठक बसिरहेका छन्।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत प्रमुख सचेतकहरुको सहभागिता रहेको छ।

संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेको पहलमा शीर्ष नेताको छलफल सुरु भएको हो।

क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै एमालेले दुवै सदनमा अवरोध गर्दै आएको छ।

साउन २२, २०८० सोमबार १३:१२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।