सदनको अवरोध हटाउन माओवादीले एमाले लगायत सबैसँग छलफल गर्ने

सदनको अवरोध हटाउन माओवादीले एमाले लगायत सबैसँग छलफल गर्ने

 काठमाडौं : सत्तारुढ माओवादी केन्द्रले सदनमा देखिएको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ। 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बसेको दलको बैठकले संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दलका नेतालगायत सत्ता पक्षका शीर्ष नेतासँग छलफल गर्ने निर्णय गरेको मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए।

बैठक अवरुद्ध सदनलाई कसरी सञ्चालन गर्नेमा केन्द्रित भएको उनले बताए। मुख्य सचेतक पाण्डेले सदनलाई सञ्चालन गर्न विभिन्न तहमा छलफल र संवाद भइरहेको उल्लेख गर्दै सभामुख देवराज घिमिरेले सदन सञ्चालन गर्न सहमति जुट्ने विश्वास व्यक्त गरे।

बैठकमा दलका नेता एवं प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलसँगको संवादका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै अवैध सुन बाहिरिएको विषयको निष्पक्ष छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई जिम्मा दिने निर्णय भएको जानकारी दिएका थिए।

साउन २२, २०८० सोमबार १२:११:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।