लगातार दोस्रो खेलमा हार्यो भारत
एजेन्सी : भारत वेस्टइन्डिजसँगको टी-२० सिरिजमा लगातार दोस्रो खेलमा पराजित भएको छ। दोस्रो खेलमा भारतलाई दुई विकेटले हराउँदै घरेलु टोली वेस्टइन्डिजले पाँच खेलको सिरिजमा २–० को अग्रता बनायो।
खेलमा जितका लागि १ सय ५३ रनको लक्ष्य वेस्टइन्डिजले १८.५ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो। जसका लागि निकोलस पुरनले ४० बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिए।
खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनाएको थियो।
भारतका लागि कुनै पनि ब्याटर जम्न नसक्दा तिलक बर्माले ४२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिएका थिए। सिरिजको पहिलो खेल वेस्टइन्डिजले चार रनले जितेको थियो।
साउन २२, २०८० सोमबार १२:०२:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।