कस्ता आमाबाबु! झगडामा तानातान गर्दा २ महिने बालकको भुईंमा बजारिएर ज्यानै गयो

कस्ता आमाबाबु! झगडामा तानातान गर्दा २ महिने बालकको भुईंमा बजारिएर ज्यानै गयो

बागलुङ : बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र  ३० वर्षीया सविना रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए। 

यही साउन १८ गते बिहीबार राति आफ्नै घरभित्र विक दम्पतीबीच विवाद हुँदा खोसाखोस र तानातान गर्ने क्रममा भुईंमा बजारिएका बालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ। 

प्रहरीले घटनाको विषयमा तीन दिनपछि मात्रै जानकारी पाएको थियो। त्यस लगत्तै प्रहरीले हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ।

प्रहरीले जिल्ला अदालत बागलुङमा आइतबार ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान थालेको छ। 

साउन २२, २०८० सोमबार ११:२९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।