गएराति विभिन्न स्थानमा भारी वर्षा, आज पनि सतर्क रहन आग्रह

गएराति विभिन्न स्थानमा भारी वर्षा, आज पनि सतर्क रहन आग्रह

काठमाडौँ : देशका विभिन्न भू-भागमा गएराति भारी वर्षा भएको छ।

नवलपरासीको परासी, रूपन्देहीको तिलोत्तमा, कास्कीको ज्यामिरेबारी, सिकलेश, लुम्ले र आसपास भारी वर्षा भएको छ।

उक्त जिल्ला तथा आसपास भएर बहने स–साना नदी तथा खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले ६ घण्टा सतर्कता अपनाउनुपर्ने मौसम पूर्वानुममान महाशाखाले जनाएको छ। 

झापाको बुधबारे, शनिश्चरे, विर्तामोड र आसपासमा पनि भारी वर्षा मापन भएको छ। उक्त क्षेत्रमा थप वर्षाको सम्भावना रहेको छ। त्यसैले विरिङ, अदुवाखोलालगायत आसपासका खोलामा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर  स्थानभन्दा  उत्तरतिर (नेपाल नजिक) अवस्थित छ। 

साउन २२, २०८० सोमबार ०८:१५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।