अपराधै अपराधको रेकर्ड बनाएका ल्यारक्याललाई लुम्बिनी विकासको जिम्मा

अपराधै अपराधको रेकर्ड बनाएका ल्यारक्याललाई लुम्बिनी विकासको जिम्मा

काठमाडौँ : बन मुद्दा, वैदेशिक रोजगार ठगी, अवैध हतियार, अकुत सम्पत्ति र दोहोरो नागरिकता। सरकारले हालै लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको ल्यारक्याल लामाको योग्यता हो यो।

सिन्धुपाल्चोक हेलम्बुबाट नेपाली नागरिकता लिएका उनको नागरिकता नै विवादित छ। पटक- पटक गम्भीर अपराधमा मुछिँदै आएका उनी पर्यटन तथा संस्कृति मन्त्रालयको सिफारिसमा विकास कोषको उपाध्यक्षमा नियुक्त भए।

२०७२ फागुन ३० गते प्रहरीले नेपाल इन्भेष्टमेन्ट बैङ्कमा रहेको उनको निजी लकर खोल्दा १४ वटा गोली फेला परेको थियो।

अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा ल्यार्क्यालको लकर खुलेपछि खोल्दा गोली फेला परेको थियो।
संविधान सभा सदस्य अनि अर्थ राज्यमन्त्री समेत भए कार्यालय उनी।

उनीमाथि आयोगले २०७३ मा भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा समेत दायर भयो। विशेष अदालतबाट  सफाइ त पाए नै अख्तियार सर्वोच्चमा पुनरावेदनमा समेत गएन।

मकाउ पठाइदिने भन्दै २ करोड १९ लाख रुपैयाँ ठगी गरेको उजुरीमा त उनी जेलै परे। उनैलाई माओवादीले गौतम बुद्धको जन्मस्थलको संरक्षण गर्ने जिम्मा दिएको छ।

साउन २२, २०८० सोमबार ००:२३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।