बुटवलमा ६ सय पशुलाई लगाइयो लम्पी स्किनविरुद्धको खोप

बुटवलमा ६ सय पशुलाई लगाइयो लम्पी स्किनविरुद्धको खोप

बुटवल :  बुटवलमा ६ सय पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ।

साउन ६ गतेदेखि साउन २१ गतेसम्ममा ६ सय पशुमा खोप लगाइएको पशुपक्षी विकास शाखाका उपनिर्देशक झविन्द्र बञ्जाडेले जानकारी दिए। 

वडा नं १६, १८ र १९ का गाईलाई खोप लगाइएको र बाँकी गाई र भैँसीलाई लगाउने तयारी भइरहेको उनले बताए। 

बुटवलमा करीब ६७ सय पशु रहेको र सबैलाई नै खोप लगाउने गरी तयारी गरेको र खोप आपूर्ति भइरहेको उनले बताए। भैँसीमा भन्दा गाईमा बढी संक्रमण देखिएकोले सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ। 

अहिलेको मौसममा यो रोगको भाइरस बोक्ने भेक्टर भनिने लामखुट्टे, झिँगा, किर्ना, उपियाँ, जुम्राको धेरै उत्पादन हुने तिनले धेरै सार्ने सम्भावना रहने भएकाले छिटो फैलिनसक्ने उनले बताए। 

साउन २१, २०८० आइतबार २१:२२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।