गर्भपतन गर्दा महिलाको मृत्यु भएपछि मनकामना अस्पताललाई स्वास्थ्य कार्यालयले काट्यो पत्र

गर्भपतन गर्दा महिलाको मृत्यु भएपछि मनकामना अस्पताललाई स्वास्थ्य कार्यालयले काट्यो पत्र

भरतपुर : चितवनको मनकामना अस्पताललाई स्वास्थ्य कार्यालय चितवनले पत्र काटेको छ।

शनिबार गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु भएपछि कार्यालयले अस्पताललाई घटना विवरणबारे लेखी पठाउन पत्र पठाएको हो। 

कार्यालयका जनस्वास्थ्य नर्स नन्दकली चापागाईंका अनुसार बिरामी भर्ना भएदेखि मृत्युसम्मको घटना विवरण आजै पठाउन अस्पताललाई भनिएको छ।

भरतपुर महानगरपालिका-२६ की ३५ वर्षीया नविना महतोको शनिबार उपचारका क्रममा मृत्यु भएको थियो। उनको मृत्यु भएपछि परिवारले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका थिए।

घटनापछि मृतकका आफन्त र अस्पताल प्रशासनबीच भएको वार्तापछि अस्पतालले २७ लाख ५० हजार क्षतिपूर्ति दिएको परिवारले जनाएको छ। 

सो अस्पताललाई गर्भपतन गराउने अनुमति नभएको भन्दै चौतर्फी आलोचनासमेत भएको छ। गर्भपतन गराउन अनुमति लिएका अस्पतालको सूचीमा मनकामना अस्पताल पर्दैन।

सो अस्पतालमा करिब चार महिनाको गर्भपतन गराउने क्रममा महिलाको मृत्यु भएको थियो। 

साउन २१, २०८० आइतबार २०:५३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।