क्यानडा पठाइदिन्छु भनी पटक पटक पैसा उठाएर ठगी गर्ने महिला मीनभवनबाट पक्राउ

क्यानडा पठाइदिन्छु भनी पटक पटक पैसा उठाएर ठगी गर्ने महिला मीनभवनबाट पक्राउ

काठमाडौँ : क्यानडा पठाइ दिने भन्दै रकम ठगी गर्ने एक महिलालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका-६ घर भई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-३ बस्ने २७ वर्षीया फुलमाया जिरेल रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। 

उनका अनुसार ती महिलाले नवराज घिमिरेलाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाइ दिने तथा त्यसको लागि १० लाख लाग्ने र क्यानडा पुगेपछि प्रतिष्ठित होटेलमा काम लगाइदिने र मासिक एक लाख तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा तीन लाख ७४ हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा मीनभवनबाट पक्राउ गरिएको हो।

पक्राउ परेकी निज जिरेललाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसान्धान कार्यालयले जनाएको छ। 

साउन २१, २०८० आइतबार २०:१८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।