माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ पार्टी रूपान्तरण अभियान, यी हुन् संयोजक

माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ पार्टी रूपान्तरण अभियान, यी हुन् संयोजक

काठमाडौं : नेकपा माओवादी केन्द्रले तीनमहिने अभियानका लागि संयोजकहरू तोकेका छ।

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ‘जनतासँग माओवादी’ नाम दिइएको अभियानका लागि संयोजकहरू तोकेका हुन्।

आइतबारको पार्टीको केन्द्रीय कमिटी बैठकले भदौ १६ देखि मंसिर १५ सम्म ‘जनतासँग माओवादी’ विशेष पार्टी रुपान्तरण अभियान चलाउने निर्णय गरेको हो।

कुन प्रदेशमा को संयोजक ? 

वर्षमान पुन- विशेष प्रदेश

चक्रपाणि खनाल- कोशी प्रदेश

लीलामणि पोख्रेल- मधेश प्रदेश

जनार्दन शर्मा- वाग्मती प्रदेश

देवेन्द्र पौडेल- गण्डकी प्रदेश

हितमान शाक्य- लुम्बिनी प्रदेश 

मात्रिका यादव- कर्णाली प्रदेश 

डिलाराम आचार्य- सुदूरपश्चिम प्रदेश

गिरिराजमणि पोख्रेल- उपत्यका सम्पर्क समन्वय

राम कार्की- प्रवास 

साउन २१, २०८० आइतबार १८:५५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।