कांग्रेसका विना विभागीय मन्त्री चित्रकारको लागि भनेर बागमतीमा थपियो नयाँ मन्त्रालय

कांग्रेसका विना विभागीय मन्त्री चित्रकारको लागि भनेर बागमतीमा थपियो नयाँ मन्त्रालय

हेटौंडा :  बागमती प्रदेशमा विना विभागीय रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारले उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्। प्रदेश सरकारले आज नयाँ मन्त्रालय स्थापित गरेर उनलाई जिम्मेवारी तोकेको हो। 

प्रदेशका ११ वटा मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलाई विभाजन गरी १२ वटा बनाइएको छ। मन्त्री चित्रकार बागमती प्रदेश सरकारमा लामो समयदेखि विना विभागीय मन्त्रीको रुपमा रहँदै आएका थिए। उनी नेपाली कांग्रेसको प्रदेश संसदीय दलका उपनेता समेत हुन्।

कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय विभाजन गरी उनलाई जिम्मेवारी दिनुपर्ने माग गर्दै आएको थियो। यद्यपि माओवादी केन्द्रले उक्त मागलाई अस्वीकार गरेपछि कांग्रेसकै भागमा रहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी चित्रकारलाई जिम्मेवारी प्रदान गरिएको बताइएको छ।

साउन २१, २०८० आइतबार १७:२६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।