३८.३७ अंकले घट्यो नेप्से, बैंक तथा बीमा समूहमा पहिरो
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा उच्च अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक ३८.३७ अंकले घटेर २०५१.४७ बिन्दुमा कायम भयो।
आज विभिन्न दुई सय ६५ कम्पनीका ८० लाख सात हजार तीन सय ६१ कित्ता सेयर ६१ हजार नौ सय १७ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ६८ करोड ७१ लाख ४८ हजार दुई सय ३४ मूल्यमा कारोबार भएका छन्।
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक दुई सय ३७.९६ र निर्जीवन बीमा समूहको उपसूचक दुई सय २२.६० अंकले घटेको छ। बैंकिङ समूह २२.३४, विकास बैंक ९७.५१ र वित्त समूहमा ६२.२७ अंकले घटेको छ।
यस दिन आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ९.९५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा बैंक लिमिटेडको रू १२ करोड ६९ लाख ८२ हजार तीन सय तीन बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको चार लाख ४९ हजार सात सय ६१ कित्ता सेयर किनबेच भएको छ।
साउन २१, २०८० आइतबार १६:४८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।