पार्टी रुपान्तरण अभियानका लागि माओवादीमा जिम्मेवारी हेरफेर

पार्टी रुपान्तरण अभियानका लागि माओवादीमा जिम्मेवारी हेरफेर

काठमाडौं : माओवादी केन्द्रले पार्टी रुपान्तरणका लागि तीन महिने अभियान सञ्चालन गर्ने घोषणासँगै पदाधिकारिहरुको जिम्मेवारी पनि हेरफेर गरेको छ।

आइतबारको पार्टीको केन्द्रीय कमिटी बैठकले भदौ १६ देखि मंसिर १५ सम्म ‘जनतासँग माओवादी’ विशेष पार्टी रुपान्तरण अभियान चलाउने भएको हो।

यस अभियानका लागि प्रचण्डले संयोजकहरु तोकेका छन्। जसअनुसार जनार्दन शर्मालाई वागमती प्रदेश इन्चार्ज बनाइएको छ भने वर्षमान पुनले विशेष प्रदेश इन्चार्जको जिम्मा पाएका छन्।

त्यसैगरी कोशी प्रदेशमा बलदेव खनाल, मधेसमा लीलामणि पोखरेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिमका लागि डिलाराम आचार्य इन्चार्ज तोकिएका छन्। 

गिरिराजमणि पोखरेलले भने उपत्यका सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्म्वारी पाएका छन्।

साउन २१, २०८० आइतबार १६:२०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।