माओवादीद्वारा ‘जनतासँग माओवादी’ पार्टी रुपान्तरण अभियानको घोषणा

माओवादीद्वारा ‘जनतासँग माओवादी’ पार्टी रुपान्तरण अभियानको घोषणा

काठमाडौं : माओवादी केन्द्रले पार्टी रुपान्तरणका लागि तीन महिने अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।

आइतबारको पार्टीको केन्द्रीय कमिटी बैठकले भदौ १६ देखि मंसिर १५ सम्म ‘जनतासँग माओवादी’ विशेष पार्टी रुपान्तरण अभियानचलाउने निर्णय गरेको हो।

यस अभियानमा पार्टी अध्यक्ष दाहालले सातवटै प्रदेशका सबै वडामा गएर जनतासँग प्रत्यक्ष साक्षात्कार गर्नेछन्।

साउन २१, २०८० आइतबार १६:०४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।