सामाखुसीमा बाढीको वितण्डा, घरघरमा छि‍र्‍यो ढलको पानी

सामाखुसीमा बाढीको वितण्डा, घरघरमा छि‍र्‍यो ढलको पानी

काठमाडौं  : काठमाडौंको सामाखुसी क्षेत्रमा बाढीले वितण्डा मच्याएको छ। सामाखुसी खोलामा आएको बाढीको कारण वरपरका बाटो तथा घरहरु डुबानमा परेका छन्। ढलको पानी घरहरूमा समेत छिरेको छ।

खोला मिचेर संरचनाहरु निर्माण गरिएका कारण हरेक बर्खामा यस क्षेत्रमा अलि ठूलो पानी पर्ने बित्तिकै ढल मिसिएको पानी घरतिर पस्ने गर्छ। 

यसै कारण हाल महानगरले सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालेको छ। महानगरपालिका नगर प्रहरीको टोलीले बसुन्धराबाट चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमती भएर बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालेको हो।

सामाखुसी खोलालाई पुरानै स्वरूपमा ल्याउनका लागि एक महिनादेखि काठमाडौं महानगरले स्ल्याब हटाउन थालेको हो। खोला मिचेर बनाइएका घरहरु पनि बिस्तारै भत्काउने महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले खोलाको दायाँबायाँ बाटो निर्माण गरे वृक्षारोपण गर्ने समेत जनाएको छ। खोला किनारमा घर बनाउँदा ४ मिटर क्षेत्र छोड्नुपर्ने नियम समेत स्थानीयले पालना नगरेको महानगरको दाबी छ।

साउन २१, २०८० आइतबार १५:५०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।