प्रचण्डले असोजमा चीनको भ्रमण गर्ने

प्रचण्डले असोजमा चीनको भ्रमण गर्ने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन्।

परराष्ट्रमन्त्री एनपी साउदले आज सेप्टेम्बरको तेस्रो/चौथो साता अर्थात आगामी असोजमा चीनको भ्रमण गर्ने जानकारी दिए।

प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ कार्यक्रममा मन्त्री साउदले भ्रमणको तयारीमा लागेको बताए।

उनले वर्तमान सरकार सदैव छिमेकी तथा मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिने पक्षमा रहेको स्पष्ट पारे। वर्तमान सरकार गठनपछि प्रधानमन्त्री दाहालको भारत भ्रमण फलदायी भएको पनि उनले बताए।

साउन २१, २०८० आइतबार १३:५८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।